काठमाडौं । इण्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ खरिद मूल्य आएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भएर आएको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २० पैसाले घटेर आएको भनाई छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।
निगम पेट्रोल, डिजेल मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको छ।
FACEBOOK COMMENTS