काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको छ । यस्तै ग्यास प्रति सिलिण्डर १५ रुपैयाँ बढाएको छ ।
आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
FACEBOOK COMMENTS