काठमाडौँ । मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ ।
सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ ।
सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँ बराबरको कुल आयात हुँदा पेट्रोलियम पदार्थको आयात भने झन्डै दुई खर्बको हाराहारीमा रहेको छ । कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थ रहेको तथ्याङ्कले देखाएको छ । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ । गोरखापत्रले खबर छापेको छ ।
FACEBOOK COMMENTS