निगमले बढायो पेट्रोलको मूल्य
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               8:47 pm, आइतबार, चैत १८, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               8:47 pm, आइतबार, चैत १८, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा चार रूपैयाँ बढाएको निगमले जनाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ ।
पेट्रोलको प्रतिलिटर मूल्य १७५ पुगेको हो । निगमको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ ।
निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ १७२ रुपैयाँ ५० पैसा रहेको छ ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर १७४ मूल्य कायम गरिएको छ ।

              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS