काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
आइतबार रातिदेखि लागू हुने गरी निगमले मूल्य हेरफेर गरेको जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले बढेर १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको ४ रूपैयाँले घटेर १५६ रूपैयाँ कायम भएको छ ।
पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।
अहिले पहिलो वर्गमा चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहने गरेका छन् । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायलका डिपो रहेका छन् ।
FACEBOOK COMMENTS