काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य १ रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस्तै हवाई इन्धनको मूल्य ३ रुपैयाँले घटेको छ ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुने जनाएको छ । यस्तै अन्तरराष्ट्रियतर्फ २२ अमेरिकी डलर ले घटाइएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४० रुपैयाँ ५० पैसा, एक सय ४२ रुपैयाँ र एक सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ ।
इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
FACEBOOK COMMENTS