काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जना प्रतिस्पर्धामा रहेका छन् ।
निगममा रिक्त कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका हुन् ।
रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस ७ गते आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
कार्यकारी निर्देशक बन्न गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका बसन्तकुमार पाण्डे, टोखाका दिलिपशेखर श्रेष्ठ, काठमाडौंका सहदेव चन्द, धनुषाधाम २ का रामदेव यादव, राजविराज १३ का सञ्जिवकुमार श्रेष्ठ, मोरङका पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् ।
बाग्लुङ ९ का डोलिन्द्रप्रसाद शर्मा, ललितपुर महानगरपालिका २४ का शत्रुध्नप्रसाद पुडासैनी, लोहारपट्टि नगरपालिका ३ महोत्तरीका कमलेन्द्रलाल कर्ण, बूढानीलकण्ठ नगरपालिका ८ का उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका १४ का डा डोलप्रसाद चापागाईले आवेदन दिएका छन् ।
FACEBOOK COMMENTS