काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।
कार्यकारी निर्देशक नियुक्ति गर्न गठन भएको समितिले दरखास्त माग गरेको हो । योग्य आवेदकले २१ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ ।
‘रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको’ सूचनामा उल्लेख छ ।
त्यसका लागि आवश्यकविवरण मन्त्रालयको वेबसाइटमा रहेको उल्लेख छ ।
FACEBOOK COMMENTS