काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल र घ्युमा भएको ‘ट्रान्स फ्याट’ मात्राको विवरण उपलब्ध गराउन तेल\घ्यु उद्योग र मिलहरूलाई अनुरोध गरेको छ । विभागले बिहीबार एक पत्र पठाउँदै पत्र प्राप्त भएको मितिले दुई हप्ताभित्र सो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
नेपालमा भएको तेल\घ्यु मिलबाट उत्पादन हुने तेल\घ्युमा ‘ट्रान्स फ्याट’को मात्रा खाद्य पदार्थमा कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा नबढेको हुनुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाका आधारमा विभागले उद्योगहरूलाई पत्राचार गरेको हो ।
FACEBOOK COMMENTS