काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्याँसको सहज आपूर्ति तथा विक्री वितरणका लागि फ्रेबुअरी महिनाको लागि २ हजार मेट्रिक टन थप गरेको र दैनिक औसत ११० बुलेट ग्याँस आयात भइरहेको जानकारी दिएको छ ।
निगमले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिव २३ वटा ग्यास उद्योगहरु मध्ये केही ग्यास उद्योगहरुको पछिल्लो विक्री वितरणलाई हेर्दा दैनिक करिव ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइराखेको जनाएको छ ।
निगमबाट एलपि ग्यास वितरणलाई सहज गर्न निरन्तर प्रयासका बाबजुद पनि हाल काठमाडौं उपत्यकामा ग्यासको माग उच्च नै देखिएको अवस्थामा काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरु मध्ये हाल बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास तथा श्री कृष्ण ग्यास ब्राण्डका ग्यास सिलिण्डरहरु डिलर मार्फत नपाएको अवस्थामा निगमको हटलाईन नम्बर ०१-५९७१९०२ (कार्यालय समय भित्र) मा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै निगमले तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

FACEBOOK COMMENTS