काठमाडौ । ओखती नेपालले नयाँ उत्पादन बजारमा ल्याएको छ। जयकाली जडिबुटी उद्योग प्राली ले ओखती साबुन आफ्नो छोरीको न्वारन्को नामबाट नामाकरण भएको प्रवन्ध निर्देशक शोभाकान्त बश्यालले बताए ।
यस उत्पादन लन्च कार्यक्रममा ओखतीले फेसवास ४ प्रकारका, डे एण्ड नाईट क्रिम ४ प्रकारका, स्याम्पु २ प्रकारका, सावोर जेल, लोसन, भिटामीन सी सीरम, अरु सीरम २ प्रकारका, लिपबाम र मन्जन लगायतका कस्मेटिक प्रडक्टहरु सार्वजनीक गरेको हो । नेपाली ब्राण्ड रहेको ओखतीले त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको जयकाली जडिबुटी उद्योग प्रालि ले उल्लेख गरेको छ ।
अमेरिका, युरोप, चीन, मलेसिया, दुबई, कतार, बेल्जियम, फ्रान्स, पोर्चुगल, क्यानडा, जर्मनी लगायतका देशहरूमा ओखतीका सामानहरु बिक्री हुने गरेको छ ।उत्पादनलाई विशेषगरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको छ । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्ख र कपाललाई पनि स्वस्थ, चम्किलो बनाउन मद्दत गछ ।
ओखतीले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो उत्पादन सार्वजनीकलाई ठूलो महत्व दिएको छ । ओखतीका उत्पादनहरु २०६५ सालदेखि नेपाली बजारमा आएको हो ।
FACEBOOK COMMENTS