एजेन्सी । श्रीलङ्काको सरकारी स्वामित्वको श्रीलङ्का यातायात बोर्डका पूराना भई हटाइएका १७५ वटा बस पुनः प्रयोगका लागि मर्मत गरिएको छ ।
राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले जारी गरेको विज्ञप्तिमा बस पुनः प्रयोगका लागि मर्मत गरिएकोबारे जानकारी गराइएको हो । विभागले भनेको छ, “यी बसहरू देशको आयात प्रतिबन्धको परिणामस्वरूप स्पेयर पार्ट्सको कमीको कारण सेवाबाट हटाइएको थियो ।”
करिब ३० करोड श्रीलङ्काली रुपैयाँ अर्थात् नौ लाख १२ हजार अमेरिकी डलरको लागतमा १७५ वटा बस सञ्चालनमा ल्याइएको पीएमडीले जनाएको छ ।
पूराना बसहरू मध्ये १५ वटा विद्यालयका साना बालबालिकाको सुविधाका लागि प्रयोग गरिने र अन्य बस सार्वजनिक यातायातको यात्रुहरूको यातायात आवश्यकताहरू पूरा गर्न सम्बन्धित बस डिपोहरूलाई हस्तान्तरण गरिनेछ ।
FACEBOOK COMMENTS