काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग नपुर्याएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गर्न समेत आग्रह गरेका छन् ।
साथै उनले फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन समेत सबैमा आग्रह गरेका छन् ।
उनले भनेका छन्
१८ वर्ष पुगेका र अहिले सम्म भोटर लिस्टमा नाम दर्ता नगरेका सम्पूर्ण युवाहरुलाई आगामी मंगसीर ५ गते सम्म कुनै पनि हालतमा नाम दर्ता गर्न अनुरोध गर्दछु । फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु । पुराना पुस्ताका नेताहरुले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन् । पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गरौं
FACEBOOK COMMENTS