काठमाडौं । आज बिहानै पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण गरिने भएको छ ।
उनीहरु दुवै जनाको स्वास्थ्य परीक्षण गर्ने प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण नियमित प्रक्रिया हो । स्वास्थ्य परीक्षण गरेपछि अवस्था हेरेर उनीहरुलाई प्रहरीले हिरासत राख्ने छ । आज बिहान भक्तपुरको गुण्डुबाट ओली र कटुन्जेबाट लेखक पक्राउ परेका छन् । उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।
FACEBOOK COMMENTS