काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस–एमालेका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री ओली र देउवाबाहेक उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष ईश्वर पोखरेललगायत सहभागी रहेका छन् ।
छलफलमा जेठ १५ गते सरकारले ल्याउन लागेको बजेटलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS