काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।
बुधबार बिहान सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गरिरहेको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार विहिबार बजेट ल्याउनैपर्ने संबैधानिक बाध्यता रहेकाले संसदको अवरोध खुलाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा जुटेका छन् ।
सबै विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाउदै संसद अवरोध गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
FACEBOOK COMMENTS