काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दु:खद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्तिको कामना गरेका छन् ।
९७ बर्षिय ओलीको गएराती निधन भएको थियो भने आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
FACEBOOK COMMENTS