काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेल भन्दा ३१२ मतले अगाडि रहेका छन् ।
अध्यक्षका उम्मेदवार ओलीले ४८९ मत ल्याउँदा पोखरेलले १७७ मत ल्याएका छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
FACEBOOK COMMENTS