काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने धारणा राखेको छ।
नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँ गरेको अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। सरकारले प्रतिशोधी व्यवहार देखाएको भन्दै एमाले आन्दोलित छ। नेकपाले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो।

FACEBOOK COMMENTS