काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । बिहीबार फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् ।
‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।’ यही कारण आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।
FACEBOOK COMMENTS