काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको औंल्याएका छन् ।
उनले स्वार्थको टकरावले अहिलेको सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेका कारण सम्भावना टरेकाे बताए । यस्तै उनले अहिले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने दाबी समेत गरे। ‘अरुले पनि समयमा कदम चालेनन् भने देश फेरि घुमिफिरी मध्यावधिमा जाने सम्भवना छ’, उनले भने, ‘ सरकार गठन नै हुन सकेको छैन । स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’
अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै एमाले मुकदर्शक बनेर नबस्ने बताए ।
FACEBOOK COMMENTS