काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाई कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् ।
आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्ष उभिने हो कित्ताकाट गर्ने समय आएको बताएका हुन् ।
उनले भनेका छन्– ’अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’
ओलीले आफु बारे थुप्रै भ्रम फैलाइएको बताउदै मतदाताका आफूप्रतिका गुनासा र प्रश्न भएको र आफ्ना केही कमजोरी पनि रहेको स्वीकारेका छन् । उनले भनेका छन्– मलाई थाहा छ थुप्रै भ्रम फैलाइएको छ । मप्रति तपाइँका गुनासा र प्रश्न छन् र मेरा केहि कमीकमजोरी पनि होलान, तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’
ओलीले एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको उल्लेख गर्दै ठण्डा दिमागले देश हामीले बचाउने कि नबचाउने ? भन्ने प्रश्न आफैलाई सोध्न आग्रह गरेका छन् ।

ओलीले सन्देशमा आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताउदै अब देश पहिला भन्ने समय आएको बताएका छन् । उनले भनेका छन्– ’अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो ।

देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ।

त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’ओलीले अब आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्लै नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन् ।<iframe

FACEBOOK COMMENTS