काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौं धुम्वाराहिस्थित अकामा होटेलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ ।
हस्पिटलका सञ्चालकहरूमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।
भारतको ख्यातिप्राप्त अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गेका तथा चिकित्सा क्षेत्रमा पाँच दशक भन्दा बढीको अनुभव संगालेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन् ।
हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) रहेका डा. श्रेष्ठ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक सञ्चालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहाकार समेत हुन् ।
नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्वसदस्य समेत रहिसकेका उनी नेपाल मेडिकल काउन्सिलका पूर्वपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्वध्यक्ष समेत हुन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभामा उपस्थित अस्पतालका संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् ।
ॐ हस्पिटल दक्ष तथा अनुभवि चिकित्सक, स्तरीय नर्सिङ सेवासहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरू सुलभ मूल्यमा विश्वस्तरीय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजी क्षेत्रको अग्रणी अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पतालले बताएको छ ।
FACEBOOK COMMENTS