काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले निःशुल्क दन्त्य शिविर कार्यक्रमहरु संचालन गरिरहेको छ ।
हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो र सहज होस् भन्ने उदेश्यले “जसको दाँत सबल उसको जीवन सफल ” नाराका साथ एकै दिनमा बेग्ला बेग्लै दुई स्थानमा निःशुल्क दन्त्य शिविर सम्पन्न गरेको छ ।निःशुल्क दन्त्य शिविरमा ८० जनाको निःशुल्क दन्त्य परिक्षणको साथै ब्लड सुगर जाच र निःशुल्क मास्क वितरण समेत गरिएको थियो ।
त्यसैगरि ठमेलको सातघुम्तीमा सोहि दिन मेन्ज फाउन्डेसनको सहकार्यमा ओम समाज डेण्टल हस्पिटलले दन्त चिकित्सा सुबिधाबाट वञ्चित, वृद्ध पुरुष तथा महिला, सडक बालबालिका, विपन्न परिवार र जोखिममा रहेका चालक लगायतलाई निःशुल्क दन्त्य शिविर सम्पन्न गरेको छ ।
त्यस्तै अर्को शिविर काठमाडौंको बसन्तपुर डबलीमा ओम समाज डेन्टल हस्पिटल , लाएन्स क्लब अफ सिद्दी तथा त्रिसा नेपालको सहकार्यमा संचालन भएको थियो ।
यसअघि मेन्ज फाउन्डेसन तथा त्रिसा नेपालले कोभिड–१९ ले मारमा परेका जनतालाई राशन तथा भोजन वितरण गरेको थियो ।
FACEBOOK COMMENTS