ओम समाज डेन्टल हस्पिटलले कोभिड १९ विरुद्ध निःशुल्क सेवा अभियानको समापन गरेको छ । अभियानमा प्रतक्ष्य अप्रत्यक्ष सहभागी हुने सबैलाई सम्मान पत्र द्वारा सम्मानित गर्दै हस्पिटलले कोभिड १९ विरुद्ध निःशुल्क सेवा अभियान समापन गरिएको हो ।
ओम समाज डेन्टल हस्पिटलको सभा हलमा संम्पन्न भएको समापन कार्यक्रममा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , डा. सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, लगाएत थुप्रै विशिष्ट व्यक्ति हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा।सुभास घिमिरेका अनुसार यस नि :शुल्क कोभिड एम्बुलेन्स सेवा रास्ट्रिय अभियानमा जोडिएका हरेक दाजु , भाइ, दिदिबहिनी बुबा, आमा सम्पूर्ण प्रति आभार प्रकट गर्दै हरेक कुरा गर्न भित्रि मनले चाहे सम्भब हुने बताएका थिए ।
कोभिड १९ को दोस्रो लहरको लक डाउनको समयमा हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवा तथा निःशुल्क प्राथमिक उपचार तथा परामर्श अभियान संचालनमा ल्याएको थियो ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्ष्यतामा डा।सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, बिराज समाजका दिनेश कुमार मगर, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत समाजसेवी, राष्ट्र सेवक, कलाकार एवं चिकित्सकहरूको सहयोगमा कोभिड १९ विरुद्धमा निःशुल्क सेवा अभियानको थालनी गरिएको थियो ।
ओम समाज डेन्टल हस्पिटलको एउटा एम्बुलेन्सबाट काठमाडौं उपत्यकामा सुरु भएको सेवा अभियान ओम समाजकै चिकित्सकको निजी सवारी साधनलाई समेत एम्बुलेन्स बनाई सेवा विस्तार गर्दै देशभरि मेची महाकाली अभियान मार्फत स्वास्थ राहत् सामाग्री समेत वितरण गरेको हस्पिटलका प्रमुख अजय रेग्मीले बताएका छन् ।
FACEBOOK COMMENTS