काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ । ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा राजदूत ढकालले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रक्रिया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिनेलगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राखेको राजदूत ढकालले बताइन् ।
सचिव शेख नासेरले पनि श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउँदै कोरोना महामारी ९कोभिड(१९ ० ले व्यावसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग सहकार्य गर्दै समस्त श्रमिक बर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने बताएका थिए ।
FACEBOOK COMMENTS