काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल श्रीलंका र ओमानबीच शुरु हुदैछ ।
श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । यससँगै श्रीलंकाले पहिला ब्याटिंग गर्ने भएको छ ।
समुह बी मा श्रीलंकाले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले पहिलो खेलमा हार बेहोरेको थियो । आज श्रीलंकाको प्लेइङ ११ मा दासुन शानाका (कप्तान), पाथुम निसान्का, कामिल मिश्रा, कुसल मेन्डिस (विकेटकिपर), पवन रथनायके, कामिन्दु मेन्डिस, दुनिथ वेललागे, दुषन हेमन्था, दुष्मन्था चमेरा, महीश थिक्सना र माथीशा पाथिरना रहेका छन् ।
त्यस्तै ओमानको प्लेइङ ११मा जतिन्दर सिंह (कप्तान), आमिर कलीम, हम्माद मिर्जा, वसीम अली, मोहम्मद नदीम, जितेन रामानन्दी, विनायक शुक्ला, सुफयान महमूद, नदीम खान, शाह फैसल र जय ओडेद्रा रहेका छन् ।
FACEBOOK COMMENTS