काठमाडौँ । ओमानले जिम्बाबेलाई १०४ रनको लक्ष्य दिएको छ ।
जारी आइसीसी टी–२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा ओमानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको हो ।
ओमानका लागि विनायक शुक्ला, सुफयान मेहमूदले २५ र नदीम खानले २० रन बनाएका थिए ।
त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी र ब्राड इभान्सले ३–३ विकेट लिएका थिए । त्यस्तै सिकन्दर राजाले एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS