काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिलाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र औपचारिक रूपमा प्रदान गरिएको छ ।
प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको उक्त इजाजतपत्र अनुसार अब कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ ।
साथै, इजाजतपत्रमा तोकिएको शर्त अनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा घटि जतिसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस इजाजतपत्र प्राप्तिसँगै ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले निम्न प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने,पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने,सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने र ग्राहक तथा सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरेको छ । ओमेगा क्यापिटल एडभाइजर्स प्रालि. आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ ।
FACEBOOK COMMENTS