काठमाडौं । गर्गगोत्रीय आचार्यहरूको संस्था गर्गाचार्य समाजको अध्यक्षमा ओमकृष्ण आचार्य सर्वसम्मतरूपमा निर्वाचित भएका छन् ।
हिजो शनिबार काठमाडौंमा सम्पन्न पाँचौं अधिवेशनले ओमकृष्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुष्पराज आचार्य, उपाध्यक्षमा सुनिता आचार्य, महासचिवमा सहदेव आचार्य, सचिवमा राजन शर्मा आचार्य र कोषाध्यक्षमा जनक कुमार आचार्य निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा बुद्धिशंकर आचार्य, सुब्बा आचार्य, यादव आचार्य, उषा आचार्य र लक्ष्मी आचार्य निर्वाचित भएका छन् ।
दोलखाको बिगु र गौरीशंकर गाउँपालिकाबाट काठमाडौं आइ स्थायी तथा अस्थायी बसोबास गर्ने गर्गगोत्री आचार्यहरूले ‘गर्गाचार्य समाज काठमाडौं’ निर्माण गरेका हुन् । उनीहरूले सामुहिक पहलबाट काठमाडौंमा समाजको नाममा भवन निर्माण गरिसकेका छन् भने भवन परिसरमा ‘गर्गेश्वर महादेव’को मन्दिर समेत निर्माण गरिसकेका छन् ।

यो पनि–

गर्गाचार्य समाज काठमाडौंको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ सम्पन्न (फोटो फिचर)

FACEBOOK COMMENTS