नेपाली कांग्रेस टोखा नगर समितिका सभापति ओमकृष्ण विमलीसँग वर्तमान राजनीतिक घटनाक्रम र टोखा नगरपालिकाभित्र भएका गतिविधिको बारेमा गरिएको अन्तर्वार्ताको सम्पादित अंशः–
तपाई राजनीति तर्फ कसरी आकर्षित हुनुभयो ?
म मा राजनीतिक चेतना भन्दा अगाडी सामाजिक चेतनाको विकास भएको जस्तो लाग्छ मलाई । हाम्रो घरमा म सानो हुँदादेखी नै सामाजिक विषयमा छलफलहरू, विचार विमर्षहरू हुने गर्दथे । मेरो बुबा त्यसबेलाको पढेलेखेको व्यक्तिमा गनिनु हुन्थ्यो । बुबा हाम्रो गाउँमा रहेको स्कुलमा प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यस कारणले पनि समाजका त्यस बेलाका समस्याका बारेमा समाजका विकास निर्माणका बारेमा बुबाको सकृय सहभागीता सधै हुने गर्दथ्यो । त्यसका साथै मेरो ६ वर्षको उमेर पुग्दै गर्दा २०३६ सालको निर्दल की बहुदल भन्ने विषयमा जनमत संग्रह हुँदै थियो । त्यस बेलाको राजनीतिक परिर्वतनको बारेमा हाम्रा गाउँ घरमा छलफल र वहशहरू हुने गर्दथे र बुबाको सकृयता त्यस बेला धेरै बढेको थियो । बुबा सधै जनताको अवस्था परिर्वतनको पक्षमा वकालत गर्नु हुन्थ्यो । अहिले आएर स्मरण गर्दा मेरो कलिलो मानसपटलमा सामाजिक, राजीतिक चेतनाको विउ त्यसै बेला नै रोपिएछ जस्तो लाग्छ मलाई ।
राजनीतिक गर्न नेपाली कांग्रेस नै किन रोज्नुभयो ?
राजनीतिक गर्न भन्दा पनि देशको सामाजिक, अािर्थक राजनीतिक परिर्वतनका लागि मैलै नेपाली कांग्रेस पार्टीलाई विश्वास गरे जस्तो लाग्छ । बाल्यकालको गाउँघरको परिवेश हुँदै स्कुल कलेज पुग्दा ममा एउटा स्पष्ट सामाजिक चेतनाको विकास भै सकेको थियो । म पूर्णत सामाजिक चरित्रको भै सकेको थियो । फेरी २०३६ सालको जनमत संग्रहले ल्याएको राजनीतिक चेतनाका लहरका साथै त्यस्का प्रमुख नेतृत्व महामानव विपी कोइरालाका बारेमा ६ वर्षको हुँदादेखी नै सुन्न पाएको थिए । स्कुल पछि कलेज अध्ययनका क्रममा मैले कम्युनिष्ट विचारधाराका साथसाथै विपी कोइरालाले वकालत गर्नु भएको प्रजातान्त्रीक समाजवादको बारेमा पढ्ने, सुन्ने र बुझ्ने मौका पाए । २०४६ सालमा नेपाली काग्रेसका नेतृत्वमा प्रथम जनआन्दोलन भइरहँदा म अमृत साइन्स कलेजमा प्रथम आइएसी प्रथम वर्षमा अध्ययन गरिराखेको थिए । मेरो ठुलो दाई त्यस बेला शंकरदेव क्याम्पस बागबजारमा अध्ययन गर्दै हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघमा आवद्ध भएर सकृय हुनु हुन्थ्यो । पारिवारिक प्रभाव अनि आफ्नो राजनीतिक पृष्ठभूमिका आधारमा पनि मलाई त्यस बेला नेपाली कांग्रेस नै ठिक लाग्यो । अहिले आएर हेर्दा पनि मलाई मेरो निर्णय ठिक थियो भन्ने नै लाग्दछ ।
टोखा नगरमा नेपाली कांग्रेसको संगठनात्मक अवस्था कस्तो छ ?
टोखा नगरमा नेपाली कांग्रेसलाई माया, विश्वास गर्नेहरू धेरै हुनुहुन्छ । त्यस आधारमा भन्दा टोखा नगरमा नेपाली कांग्रेस बलिायो छ भन्ने नै हो । तर २०७९ को स्थानीय तहको निर्वाचन पछिको परिणाम हेर्ने हो भने स्थानीय तहमा प्रतिनिधित्वको हिसावले हामी कमजोर देखिन्छौं । स्थानीय तहको निर्वाचनका गणितिय हिसावमा हामी पछाडी पर्नुका धेरै कारणहरू छन् ।
हामी नेपाली कांग्रेस टोखा नगर कार्य समितिमा नेतृत्वमा आइसके पछि लगतै हामी स्थानीय तहको निर्वाचन वा हामियौं । स्थानीय तहको निर्वाचनका परिणामका कारणहरू केलाउन नपाउँदै हामीले २०७९ मंसिरको प्रदेश संघको निर्वाचनमा होमिनु प¥यो । हाम्रो टोखा नगर २ वटा निर्वाचन क्षेत्रमा बाडीएको छ । यसका ६ वटा वडाहरू काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा पर्छन भने ५ वटा वडाहरू निर्वाचन क्षेत्र नं. ६ मा पर्दछन् । हामीले संघ प्रदेशको निर्वाचनमा यसको ६ वटा वडा रहेको क्षेत्र नं. ५ (ख) मा प्रदेश जित्यौ । क्षेत्र नं. ५ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भयौं । त्यसै गरी यसका ५ वडा रहेको निर्वाचन क्षेत्र नं. ६ (क) मा प्रदेश सभा जित्यौ । यस आधारमा हेर्दा हामी टोखा नगरमा बलियो अवस्था मै छौं भन्ने हो ।
स्थानीय तहमा नेतृत्व नगर्दासम्म पार्टीले जितेको महसुश नहुने रहेछ । हामी संगठनलाई अझ बलियो, सशक्त, अतिशिल बनाउने कार्यमा छौं । स्थानीय तहको पराजयको कारणहरू प्रष्ट छन् । हामीले पार्टीको विधानले दिएका कार्यहरूलाई समय मै सम्पन्न गरेका छौं । बैठकहरू नियमित छन् । केन्द्रबाट आएका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेका छौं । त्यस बाहेक हामीले नगर कार्यसमितिका विभिन्न खाले गोष्ठि, भेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रमहरू पनि निरन्तर गरि राखेका छौं । हामी संगठनलाई सुदृढ, चलायमान बनाउनका लागि सकृय भएर लागी राखेका छौं ।
मुलुकमा अहिले तीन तहको सरकार छ । कांग्रेसको नगर सभापतिको हैसियतले टोखा नगरपालिकाको कामलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
मैले टोखा नगरपालिकाको गलत गतिविधिहरूका बारेमा बोलिरहँदा कतिपयलाई मेरो विरोध राजनीतिक हो भन्ने पनि लाग्छ । तर त्यो विलकुल हैन । टोखा नगरपालिका भित्रका काम, कारबाहीलाई हामीले निरपेक्ष ढंगले नियाली रहेका छौं । त्यहाँका तमाम गतिविधिहरूलाई केलाउँदा टोखा नगरपालिका सहि ढंगबाट चलेको छ भन्न सक्ने अवस्था छैन् । आजसम्मको अवस्था हेर्दा टोखा नगरपालिकाले सुशासन दिन सकेको छैन् । त्यहाँ व्यापक भ्रष्टचार छ । त्यहाँका केहि शाखाहरूले योजनाबद्ध रूपमा आर्थिक भ्रष्टाचारलाई संस्थागत गरेका छन् । सेटिङ मार्फत योजना वितरण गरी भ्रष्टचार गरिएको छ । कार्यालय सामान खरिद गर्ने सामानहरूमा व्यापक भ्रष्टाचार छ । त्यहाँका सवारी साधनका मर्मत संभारको नाममा व्यापक भ्रष्टचार गरिएको छ । सवारीसाधनका लागि आवश्यक डिजेल,पेट्रोलमा व्यापक भ्रष्टाचार छ । यहाँसम्मकी लक्षित वर्गका कार्यक्रमहरू सञ्चालनका लागि पनि विभिन्न संघसंस्था छनोटमा भ्रष्टचार छ ।
यत्तिकै सतहीरूपमा भ्रष्टाचार छ भनेर मात्रै अरुलाई आरोप लगाउनु उपयुक्त होला र ?
टोखा नगरपालिकामा भएका गलत कृयाकलापको केही बुदाँगत दृष्टान्त प्रस्तुत गर्न चाहान्छु ।
दिगो विकासमा असफलः यहाँ तपाई हेर्नु होस, सडक बन्ने, भत्कने, मर्मत गरिने कार्यहरू वर्षैै पिच्छे चलिराखेका छन् । बनेका सडकहरू प्नि बलिया र व्यवस्थित छैनन् । खानेपानी वितरणमा असफलः खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् । प्रशस्त बोरिङहरू गाडिएका छन् तर पानीको वितरण छैन् । सार्वजनिक जग्गा संरक्षणमा उदासिनः त्यहाँ धेरै सार्वजनिक जग्गाहरू छन् । ति जग्गाहरूको पनि अतिक्रमणलाई रोक्न टोखा नगरले चासो दिएको छैन् । यहाँको केहि सार्वजनिक जग्गाहरू मेयर, वडा अध्यक्षबाटै अतिक्रमण भई भाडामा लगाएर रकम असुुल्ने कार्यहरू भइराखेको छ । हामीले निरन्तर आवाज उठाउँदा पनि त्यसलाई नदेखे झै नसुनेको झैं गर्ने गरिएको छ । तोक आदेशको आतंकः यहाँका मेयरको यो दोस्रो कार्यकाल हो । वहाँले टोखा नगरपालिकामा तोक आदेश आतंककै मच्चाउनु भएको छ । नियम, कानुन मिचेर तोकका नाममा मनपरी ढंगबाट रकम वितरण अझसम्म रोकिएको छैन् । हामीलाई सुन्नमा आए अनुसार रकमको सेटिङका आधारमा तोक मार्फत विकास बजेट बाडीने गरिएको छ । यी त उदाहरण मात्र हुन । यहाँ यति मनपरी छ त्यसको सम्बन्धीत निकायले छानविन गर्न जरुरी छ ।
स्थानीय तहले प्राथमिकता राख्नु पर्ने कार्यहरू के–के हुन ?
समग्र स्थानीय तहको कुरा गर्दा प्राथामिकताहरू भिन्न भिन्न हुन सक्छन् । हिमाली, पहाडी जिल्लाका स्थानीय तहका प्राथमिकताहरू सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी हुन सक्छन् । त्यसैगरी सुगम काठमाडौं जस्ता सहरहरूका प्राथमिकता अलि फरक हुन सक्छन् । तर मेरो विचारमा सबै स्थानीय तहको पहिलो प्राथमिकता सुशासनसहितको सामाजिक विकास हुनु पर्दछ । शिक्षा, स्वास्थ्य, आम नागरिकका लागि महंगो भएको छ । हामीले शिक्षा, स्वास्थ्यलाई निशुल्क गर्न सक्यौ भने पनि ठुलो उपलब्धी हुन सक्दछ । यसबाट हालको अवस्थामा आम जनसमुदायले ठुलो राहत महसुस गर्ने छन् । स्थानीय तहले राम्रोसंग काम गर्न सकेन भने हालको व्यवस्था माथि जनताको विश्वास हट्ने सम्भावना रहन्छ । त्यसकारण तिन वटै सरकारमा सबै भन्दा ठुलो भुमिका स्थानीय तहको हुन्छ जस्तो मलाई लाग्दछ ।
कांग्रेसबाट निर्वाचित स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिको कामलाई कसरी हेर्नुभएको छ ?
कुनै पनि पार्टीमा सबै असल इमान्दार मात्र हुँदैनन् । त्यहाँ राम्रा नराम्रा दुवै हुने गर्दछन् । नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएका सबै तहका जनप्रतिनिधिले एकदमै राम्रो गर्नु भएको छ भनेर भन्यौ त्यो न्यायोचित हुँदैन । यहाँ इमान्दार, नैतिकवान, केहि राम्रो गरौं भन्नेको पनि कमी छैन् । समग्रमा सबै पार्टीका निर्वाचित जनप्रतिनिधिविच तुलना गर्ने हो भने हाम्रो भुमिका इमान्दारिता, जवाफदेहिता अरुको भन्दा बढी छ ।
FACEBOOK COMMENTS