काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि अप्रिल १५ (वैशाख २) मा गरिएको छ ।
प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उद्घाटन समारोह सम्पन्न भएको छ ।
राजदुत चेनले गाडी किन्ने ग्राहकलाई साँचो हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ‘औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ ।’
विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ‘ओमोडा इ फाइभ’ मोडल लन्च गरेको थियो । यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट (kW) को लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एक पटकको चार्जमा ‘डब्लु एल टि पि WLTP’ रेन्ज ४३० कि.मि. दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्त्वपूर्ण ‘एडास ADAS’ सुरक्षा फिचरहरू उपलब्ध छन् ।
नयाँ मोडलको घोषणा
कार्यक्रममा ओमोडाको नेपाल कन्ट्री डाइरेक्टर सोङ हुआइफुले नेपाली बजारमा चाँडै ज्याको ब्राण्डको इलेक्ट्रीक एसयूभी नेपाल आउने घोषणा गरिएको थियो । कम्पनीले सन् २०२४ को तेस्रो क्वाटरमा ज्याको ईभी नेपाल ल्याउने जनाएको छ ।
FACEBOOK COMMENTS