काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरशीप उद्घाटन गरेको छ ।
उद्घाटनका क्रममा कम्पनीले ‘फ्युचरिस्टिक’ ओमोडा ई फाइभ गाडीलाई स्थानीय बजारमा सार्वजनिक पनि गरेको छ ।
ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको हो ।
ओमोडाले यस क्षेत्र भित्रका ग्राहकहरुलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा हत्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित रहने विश्वास कम्पनीले लिएको छ ।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘हामीले ‘ओमोडा ई फाइभ’ का लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौँ । हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो । हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभि प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौँ ।’

नेपालगञ्जमा एसपीजी अटोमोबाइल्स प्रालिको नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ यही जुलाई २०२४ देखि उद्घाटनसँगै सञ्चालनमा आएको छ । ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषतासहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रि–बजेट मूल्य रू. ६१.९९ लाख सिङ्गल टोन, ६२.४९ लाख डुअल टोन भएको ओमोडा इफाइभ नेपालको अग्रणी इभि ब्रान्ड र मोडल हो जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ । लेभल २.५ को एडिएएस (ब्म्ब्क्) सुरक्षित ड्राइभिङ प्रणाली रहेको ओमोडा इफाइभ, नेपाली बजारमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीद्वारा सञ्चालित रहेको छ ।