काठमाडौं, २५ भदौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा शुक्रबार ३५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५७ जना, भक्तपुरमा ४१ र ललितपुरमा ५६ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ६ हजार ५५४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,४२९ जना, भक्तपुरमा १,१९१ जना र लललितपुरमा १,९३४ जना छन् ।
कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ८६ जनाको मृत्यु भइसकेको छ । १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS