साताको पहिलो कारोबार दिन नेप्से साढे २७ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १४.७० अंक घटेर २५५६.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन २७.५१ अंक घटेर २५८४.५२ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ७.२४ अंक बढेको छ भने २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर दुई अर्ब ७७ करोड ३४ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। यस्तै ठूला कम्पनीको शेयर मापन सेन्सेटिभ इण्डेक्स ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ।
कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको मात्र शेयर मूल्य घटेको छ। यस समूहको १.०७ प्रतिशतले घटेको हो। यस्तै अन्य समूहको परिसूचक भने वृद्धि भएको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशतले बढेको छ। अन्यको ३.२४, जलविद्युतको २.५२, विकास बैंकको १.५९, होटल तथा पर्यटनको १.४६,व्यापारको १.०७, माइक्रोफाइनान्सको १.०६ प्रतिशतले शेयर परिसूचक बढेको छ। अन्य बाँकी समूहको परिसूचक पनि बढेको छ।
आइतबार दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभमलमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी सात कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।

यस्तै मेरो माइक्रोफाइनान्सको शेयरमूल्य भने १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आइसीएफसी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
