नेपाली शेयर बजारमा सदैव लगानीकर्तामा शेयर खरिद तथा विक्रि गर्ने निर्णय के आधारमा लिने भन्ने अफ्ठ्यारो बिषयको अन्यौलता छ । यस क्षेत्रमा बजार घट्नेवित्तीकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या पनि उल्लेख्य हुँदा यो समस्या देखिने गरेको छ ।
जसले लगानी गर्छ उसले नाफा कमाईउने उदेश्य राख्नु स्वभाविक नै हो । लगानी गरेको सेयरमा राम्रो प्रतिफल प्राप्त गरेपछि नाफा बुक गर्दै निस्कनु पनि बुद्धिमानी हो । तर अझ बढी कमाउने लोभमा नाफा भइसकेको कुनै सेयर च्यापेर सो प्रतिको आशक्ति राख्ने निर्णय भने गलत हो ।
सेयरमा सही समयमा सही निर्णय लिन नसक्दा घाटा व्यहोर्नु पर्ने हुन्छ । बजारको हल्लामा भन्दा आफूले लगानी गर्ने रकम कति र कुन समयका लागी हो भन्ने कुरामा निश्चिन्त भएर मात्र लगानी गर्दा उत्तम हुन्छ ।
शेयर सस्तो हुँदैमा त्यसले राम्रो प्रतिफल दिन नसक्ने अनि महँगो हुँदैमा बढी प्रतिफल दिने भन्ने धारणा गलत हो । सस्तो र महँगो सेयरको मुल्य राम्ररी लेखाजोखा गरेर मात्र लगानी गर्दा राम्रो उपलब्धी हुन्छ । तर राम्रो नराम्रोको लेखाजोखा भने कम्पनीको आर्थिक अवस्थाको आधारमा तय गर्नुपर्ने हुन्छ ।
लगानीकर्ताले लगानी गरेको संस्थाको सञ्चालक र नेतृत्वमा रहेकाको बजारमा अवस्था कस्तो छ ? सो विचार नपुर्याउँदा सोचे अनुरुपको कारोबार नहुन सक्छ जसले गर्दा लगानीकर्ता निराश हुनुपर्छ ।
अन्य मुलुकको शेयरबजारलाई हेर्दा सेयरमा निश्चित प्रतिशत नाफा आएपछि बिक्री गर्ने र निश्चित प्रतिशत घाटाको अवस्थामा बेचिहाल्ने प्रचलन रहेको छ । नेपाली लगानीकर्ताको सन्दर्भमा भने सेयरमा नाफा भएको अवस्थामा दैनिक बढी नाफा खोज्ने प्रवृत्तिको हावी बढ्दो छ ।
अहिलेको शेयर बजारमा लगानीकर्ताले बुझ्नै पर्ने कुरा भनेको होहल्लाको पछि नलागी कुर्न सके धैर्य गर्न सके धेरै घाटा व्यहोर्नु पर्दैन र पुनः धेरै नै घटिसकेको अवस्थामा भने विचलित नभई सोही सेयर तल्लो मूल्यमा खरिद विक्रि गर्दै घाटा कम गर्न सफल भईन्छ ।
FACEBOOK COMMENTS