काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
FACEBOOK COMMENTS