काठमाडौँ । प्रहरीले काठमाडौँबाट २५ करोड रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले युरो र अमेरिकी डलर गरी नेपाली रकममा रुपान्तरण गर्दा २५ करोड रुपैयाँबराबर हुने नगदसहित उनलाई टोखा झोर क्षेत्रबाट पक्राउ गरेकाे हाे ।
कार्यालयले यसबारे थप अनुसन्धान भइरहेकाे तथा विस्तृत विवरण पत्रकार सम्मलेन गरी जानकारी दिइने जनाएको छ ।
हेर्नुस् भिडिओ-
FACEBOOK COMMENTS