काठमाडौं । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुन:सक्रिय गर्दा विलम्बशुल्कमा एकसय प्रतिशत सम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।
अभियानका मुख्य विशेषताहरू:
पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुन:सक्रिय गर्दा विलम्बशुल्कमा एकसय प्रतिशत छुट
पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुन:सक्रिय गर्दा विलम्बशुल्कमा ७५प्रतिशत छुट
वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध
अभियान अवधि: जुन १८ देखि जुलाई १६, २०२६ सम्म
यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुन:सुरु गर्न सक्नेछन्। वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्नेछन् ।
एपमार्फत पोलिसी पुन:सक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं। वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुन:सक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ। हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुन:स्थापित गर्न अनुरोध गर्दछौं ।”
ग्राहकहरूले चाहेको खण्डमा नजिकको मेटलाइफ शाखा कार्यालयमा गएर पनि पोलिसी पुन:सक्रिय गर्न सक्नेछन् ।