काठमाडौं । स्थानीय बजारमा बुधबार (चैत २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।
हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।