काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले घटेर ५१५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS