पोखरा कात्तिक १८, गोरखामा ट्याक्टरको ठक्करबाट सोही ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।
गण्डकी गाउँपालिका–३ फुजेलको तिवारी गाउँमा बुधबार ट्याक्टरबाट ओर्लने क्रममा टायरले चेपिएर स्थानीय प्रेम प्रसाद देवकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ग १ त ५७८८ नम्वरको उक्त ट्याक्टर ताङ्लीचोकबाट फुजेल तर्फ जाँदै गरेको थियो । देवकोटाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ । ट्याक्टर नियन्त्रणमा रहेको र चालक सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS