काठमाडौं । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार एक सातामा चार प्रदेशमा ३५ जना सङ्क्रमण पुष्टि भएको हो ।
महाशाखाको रिपोर्टअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साथै, एक सातामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS