काठमाडौँ । अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
FACEBOOK COMMENTS