बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।
सडकको ध्यु खोला नजिक वीरगन्जबाट भैरहवातर्फ रासायनिक मल बोकेर जाँदै गरेको मालबाहक गाडी बिग्रीएका कारण राजमार्ग एकतर्फी सञ्चालन भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान ८ : ४० बजेवाट दाउन्ने खण्डको पूर्वी बजार दुम्कीवाससम्म लामो जाम भएको छ ।
जामका कारण पूर्व–पश्चिम हिँडेका गाडी दुम्कीवास बजारसम्म रोकिएका छन् ।
बिग्रिएको बा प्र ०३ ००१ ख ०९५१ नम्बरको गाडी राजमार्गवाट हटाउन शुरु गरिएको छ ।

दाउन्ने सडक खण्ड निर्माणकै क्रममा रहेकाले कैयौं ठाउमा एकतर्फी रुपमा संचालन भइरहेकाले हरेक दिन जाम हुने गरेको छ ।

FACEBOOK COMMENTS