काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार प्रसारमा पक्राउ परेका कलाकारहरु विरुद्ध मुद्दा दायर भएको छ । पक्राउ परेका कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित नौ विरुद्ध सोेमबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर भएको हो ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेका पौडेलसहित अलिश राई, गणेश देवकोटा, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरु विरुद्ध कार्यालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरी अभियोग पत्र दायर गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्नेछ । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।
धारा १२५ को ९२० को उपदफा ९१० को ९क० मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।
FACEBOOK COMMENTS