काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा देखिने एउटा ‘सर्भे लिंक’ क्लिक गर्दा धेरैले आफ्नो खातामा भएको पैसा गुमाए ।
उक्त घटनाबारे प्रहरीमा दिइएको उजुरीका कारण गत मंगलबार तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको साँगाचोकगढी–११ नर्सरीका ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी–८ की मिना लकान्द्री र भारतको बिहारस्थित स्टेट पूर्वी चम्पारण नागा रोड– ११ रक्सोल घर बताउने २६ वर्षीय आदित्य कुमार छन् ।
उनीहरूलाई गत मंगलबार ठमेलबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्युरोले जनाएको छ । उनीहरूको साथबाट नेपाली तथा विदेशी मुद्रा, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय नम्बरका सिमकार्डहरू, मोबाइल तथा क्यासिनो कार्डहरू प्रहरीले बरामद गरेको छ ।
उनीहरूले फेसबुकमा विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन निर्माण गरी बोनस प्राप्त हुने भन्दै ‘सर्भे लिंक’ पठाएर रकम ठगी गर्दै आएको प्रारम्भिक तथ्य पत्रा लागेको प्रहरीको भनाइ छ । उनीहरूले पठाएको उक्त लिंक क्लिक गर्नेवित्तिकै बैंक खाताबाट आफ्नो रकम अर्को बैंक खातामा रकमान्तर भएको पीडितहरूको गुनासो छ ।

FACEBOOK COMMENTS