काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताए।
काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।
महिला जागरण र महिला सशक्तीकरणलाई गलत रुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए ।
महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाला दिए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।
राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।
FACEBOOK COMMENTS