काठमाडौँ । यातायात व्यवस्था विभागले नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ।
आजबाट नै सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।
यातायात व्यवस्था विभागका एक प्रवक्ताका अनुसार हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।
‘गत हप्ता नै खोल्ने कुरा थियो तर, प्राविधिक समस्या आयो,’ उनले भने, ‘आजदेखि अनलाइन आवेदन खुल्ला गरेका छौं।’
FACEBOOK COMMENTS