काठमाडौँ महानगरपालिकाको वडा नं १८ मा खुला शारीरिक व्यायामस्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा सञ्चालनमा ल्याइएको उक्त व्यायामस्थलको आज उद्घाटन भएको छ ।
उक्त स्थलबाट नागरिकले व्यायाम निःशुल्क गर्न पाउनेछन् जहाँ व्यायाम स्काई वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, साइकल, हर्स राइडर, पुस अप बारजस्ता ११ प्रकारका सामग्री छन् । व्यायामका सामग्री रु नौ लाख ९५ हजार लागतमा जडान गरिएको टे«ड हाउसका परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास स्थान निर्माण गर्ने सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम कामपाको रहेको र त्यसको सञ्चालन र व्यवस्थापन गर्ने काम स्थानीयको रहेको बताउनुभयो । त्यस क्रममा वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भित्री वडामा यस प्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गर्नुभयो ।
FACEBOOK COMMENTS